फर्पिङका दिनेश ताम्राकारले जिते देशको लागि स्वर्ण पदक

खेलकुद ताजा अपडेट
फर्पिङका दिनेश ताम्राकारले जिते देशको लागि स्वर्ण पदक

चैत्र ५,  काठमाडौं । फ्ल्यास् खबर

बङ्लादेशमा भएको अन्तर्राट्रिय कराते प्रतियोगितामा ८ गोल्ड, ३ रजत, ५ कास्य पदक जित्दै नेपाल टिम च्याम्पियन भएको छ । पुरुष तर्फ दिनेश ताम्राकार, निर्मल तामाङ, रुपेस श्रेष्ठ, लोकेन्द्र राई, एजुक थिङ प्रथम हुन सफल भएका छन् भने महिला तर्फ अलिशा धामी, रोहिनी पन्डित, रश्मिता श्रेष्ठ, प्रथम हुन सफल भएका छन् । यसै गरि सोनाम बलामी दोस्रो हुन सफल भएका छन् भने दिनेश ताम्राकार, सिद्धान्त गुरुङ, निर्मल तामाङ, आकास गुरुङ कास्ग पदक प्राप्त गर्न सफल भएका छन् । टिम कोच पूर्ण बलामी टिम व्यवस्थापकमा ज्ञान बहादुर मोेक्तान, रा.खे.प.कोच अन्तर्राष्ट्रिय निर्णयमा राजु महर्जन, शुरेन्द्र श्रेष्ठ, बिनोद राउत, बिरेन्द्र कर्ण, अशोक पहाडी, जमुना राई र राजेन्द्र क्षेत्री रहेका छन् ।