६२ औं राष्ट्रिय सहकारी दिवस

अर्थ व्यापार ताजा अपडेट

६२ औं राष्ट्रिय सहकारी दिवस

फ्ल्यास खबर , चैत्र २२

२०७५ चैत्र २० गते बुधवारका दिन पुरै देशभर सहकारी दिवस मनाईरहेको समयमा दक्षिाणकाली नगरपालिका वडा नं–८ छैमलेमा रहेको छैमले रिर्सोटमा“ दक्षिाणकाली नगरपालिका सहकारीहरुको महत्व र त्यसको प्रभानकारीता” विषयमा अन्तरक्रिया एवं चियापान कार्यक्रम सम्पन्न भएको छ । सहकारी दिवसको उपलक्षमा आयोजना गरिएको यस कायक्रममा सभाध्यक्षका रुपमा यसै सहकारी समन्वय समितिका अध्यक्ष वीरेन्द्र कुमार बलामी, प्रमुख अतिथि दक्षिाणकाली नगरपालिका मेयर मोहन बस्नेत, बिशिष्ट अतिथि दक्षिाणकाली नगरपालिकाकी उपमेयर बसन्ति डंगोल तामाङ उपस्थित हुनुभएको थियो भने नगरपालिकाका सबै वडाका जनप्रतिनिधिहरु, सहकारी संस्थाका अध्यक्षहरु, सरोकारवाला निकायहरु, समाजसेवी तथा बुद्धिजिवीहरु र विभिन्न संघ–संस्था एंव मिडियाहरुको सहभागीता रहेको थियो । प्रमुख अतिथि मोहन बस्नेत ज्यूले पानसमा बत्ति बालि कार्यक्रमको उद्घाटन गर्नु भयो । सहकारी दिवसको अवसर पारि यसै कार्यक्रममा प्रमुख अतिथि र बिशिष्ट अतिथिले सेभिङ डे गितको बिमोचन गर्नु भयो । यस गितको रचनाकार यसै कार्यक्रमका सभाध्यक्ष वीरेन्द्रकुमार बलामी हुनुहुन्छ भने संगितकार रामकुमार मगर हुनुहुन्छ । यस संगितमा स्वर भने दिपीका बलामी र सोनी बलामीको रहेको छ ।

 

त्यसपछि सहकारी समन्वय समितिका अध्यक्ष वीरेन्द्र कुमार बलामीजयूले कार्यपत्र प्रस्तुत गर्नु भयो । कार्यपत्रमा दक्षिणकाली नगरपालिकालाई नमुना नगर बनाउन के के गर्नुपर्ला भन्ने विषयमा लेखिएको छ । यसमा समाज रुपान्तरणका लागि एकतावद्ध भई अग्रसर हुने सरल सहज उपाय भनेकै सहकारी हो र यसले भिन्न विचार र फरक सोच एवं शैलीलाई समेत एकत्र गरी समुदाय विकासका निम्ति दृष्य र उदेश्यको निर्माण गरि समाजलाई स्वाबलम्वन र समुन्नत बनाउछ कुरा प्रस्तुत गरिएको छ । त्यस पछि मेयर ज्यूले कार्य पत्र माथि ध्यानार्कसण व्यक्त गर्नुभयो । उहाँ त्यस कार्य पत्रमा भएको धेरै कुरा मध्य एक दुईवटा मात्र पुरा गने पनि हाम्रो क्षेत्र बिकासमा धेरै सहयोग पुग्ने कुरा वताउनुभयो । यसैगरि सहकारी समन्वय समितिका सल्लाहार उर्गेन संजय लामा, दक्षिणकाली नगरपालिका वडा नं–९ का अध्यक्ष अमृका बलामी, दक्षिणकाली नगरपालिकाकी उपमेयर बसन्ति डंगोल तामाङ ज्यूले विषयगत मन्तव्य प्रस्तुत गर्नु भयो । अन्तयमा सहकारी समन्वय समितिका अध्यक्ष वीरेन्द्र कुमार बलामी ज्यूले “दिगो बिकास लक्ष प्राप्तीका लागि सहकारी भन्ने नारालाई ” आत्मसाथ गर्दै कार्यक्रममा उपस्थित सम्पुर्णमा धन्यवाद ग्यापन गर्दै कार्यक्रमको समापन गरियो ।