बाबरी/पुदिनाका ५ जान्नै पर्ने फाइदाहरु
बैशाख ८, काठमाडौं । फ्ल्यास् खबर
स–साना गाढा हरियो रंगको पात भएको पुदिना/पतिना/बाबरी प्रायः चटनी वा अचारमा ताजा एवं सुकाएर दुबै रूपमा प्रयोग गरिने वनस्पति हो । पुदिना नेपाल, भारत, चीन लगायतका देशहरूमा बारै महिना चिसो स्थानमा भइरहने प्रायः गर्मीतिर फुल्ने गर्दछ। यसको सेवन तथा प्रयोगले विभिन्न स्वास्थ्य समस्याहरुको सहज समाधान हुन सक्छ । जस्तै :
१.पाचन प्रक्रियामा मद्दत : हामीले पुदिनाको सेवन गर्दा त्यसमा भएको रसायनले हाम्रो मुखमा हुने ग्रन्थीबाट तथा पाचन क्रियामा प्रयोग हुने इन्जाइम निकाल्न मद्धत गर्छ । जसल गर्दा हाम्रो पाचन शक्ति बढ्छ र भोक जगाउने पनि गर्दछ। पेट दुखेको बेलामा अदुवाको रससँग पुदिनाको पात घोटेर पानी बनाएर खाएमा दुखाइ पनि कम हुन्छ ।
२.स्वासप्रस्वास र खोकी समस्याको समाधान : पुदिनाले स्वासप्रस्वास प्रक्रियाको बाटोलाई सफा गर्ने हुँनाले यी मार्गको जलनबाट हुने खोकीलाई पनि निको गर्छ । त्यसैले दमका विरामीहरुलाई पुदिनाको सेवन गराउने चलन छ ।
३.मुहारमा आउने डण्डिफोर र खिलबाट छुटकाराः एक हप्ता सम्म निरन्तर पुदिनाको पातहरु सँगै ३ थोपा जती कागतीको रस मिलाएर मुहारमा लगाउने डण्डिफोर र डण्डिफोर बाट बनेका खिलबाट मुक्ति पाउन सकिन्छ। त्यस्तै लामखुट्टे, मौरी, किराहरुको टोकाइबाट छालामा समस्या भएको बेला पुदिनाको रस लगाउनाले छालालाई सितलता प्रदान गरी सुन्निन समेत कम हुन्छ ।
४.तौल कम गर्न सहयोग पुरयाउछ : पुदिनाले पाचन प्रक्रियाका इन्जाइमहरु चाँडो निकाली छिटटो पाचन गराउन मद्धत गर्छ । यसले गर्दा खानामा भएका पौष्टिक तत्व तथा फ्याट संचित हुनुको सट्टा चाँडैनै शक्तिमा परिणत हुन्छ । जसले तपाईँको तौल ठिक राख्न मद्धत गर्छ ।
५. दाँत तथा मुख स्वस्थ बनाउछ : पुदिनामा भएको किटाणुनासक विशेषताले मुख भित्र हुने किटाणुहरु मारी जिब्रो तथा दाँतका भागहरु समेत सफा बनाउछ । त्यस्तै स्वासलाई समेत सफा र ताजगी राख्न मद्धत गर्छ ।त्यसैले गर्दा प्राय दन्त मन्जन तथा मुख फ्रेस्नरमा पनि पुदिनाको प्रयोग गरिएको हुन्छ।