LIFE TRACK Int’l Educational Consultancy
असार २९, काठमाडौं । फ्ल्यास खबर
२०७६ साल २८ गते शनिवारका दिन दक्षिणकाली नगरपालिका वडा नं – ६ मा LIFE TRACK Int’l Educational Consultancy को उद्घाटन कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा Life Track का प्रमुख शाखा कोटेश्वर शाखा प्रमुख मान बहादुर राईले रिवन काटि उद्घाटन गर्नु भएको हो । १४ वर्ष अघि देखि सञ्चालनमा आएको यस संस्थाको प्रमुख शाखा कोटेश्वर दोस्रो शााखा विर्तामोड झापा तेस्रो लाहान र चौथो फर्पिङमा खुलेको छ । यो फर्पिङ बसपार्कवाट फर्पिङ, फाखेल हुदै कुलेखानिजाने बाटोतर्फ १०० मिटर माथि सिद्धार्थ बैंकको भवनको तेस्रो तल्लामा रहेको छ ।
यस फर्पिङ शाखाको शाखा प्रमुख भगवति तसिजु श्रेष्ठ हन् भने संस्थापक नबिन श्रेष्ठ हुुन् । यसले Australia, Canada, New Zealand, USA, Europe का विभिन्न देशहरूमा पढ्न जान चाहने विद्यार्थिहरूका लागि अङ्ग्रेजि भाषा कक्षा तथा IELTS कक्षा सञ्चालन गर्ने भएको छ । यो एउटा शैक्षिक परामर्श केन्द्र भएका कारण उच्च शिक्षा हाँसिल गर्नका लागि विदेश जान चाहने विद्यार्थिहरूलाई त्यहाँको भाषका साथसाथै त्यहाँका क्याम्पस तथा बिश्वबिद्यालयहरूका बारेमा जानकारी दिने र त्यस देशमा जानका लागि चाहिने VISA देखि सम्पूर्ण आवश्यक प्रक्रियाबारे अवगत गराईन्छ । लामे समयदेखि सञ्चालनमा आएको यस Consultancy ले अरू Consultancy को अनुरूपमा व्यवसायिक रूपमा तथा विद्यार्थिहरूलाई सहि परामर्श दिने कुरामा ढुक्क भएको कुरा प्रमुख शाखा कोटेश्वर शाखा प्रमुख मान बहादुर राईले बताउनुभयो ।