फर्पिङमा पहिलो पटक guitar workshop सञ्चालन हुँदै

ताजा अपडेट विविध

फर्पिङमा पहिलो पटक guitar workshop सञ्चालन हुँदै

जेष्ठ २५, काठमाडौं । फ्ल्यास खबर

विश्व भरि संगित दिवस मनाइने ११ जुनमा फर्पिङमा पनि गितार वर्कसप सञ्चालन गरिने भएको छ । प्रत्यक वर्ष विश्व भर मनाईने संगित दिवस फर्पिङमा भने यस भन्दा अघि कहिल्यै पनि मनाईएको थिएन । यस २०७६ असार ६ गते शुक्रवारका दिन प्रशिद्ध गितारिस्ट विनायक शाहको उपस्थितिमा यो कार्यक्रम सञ्चालन हुने भएको छ । २३ वर्ष अघि crossroad band संग “मायाँ मेरि मायाँ” गितार बजाएका उनि अहिले vastu band मा गितार बजाई रहेका छन् । नेपालमा प्रत्यक वर्ष हुने दिपक मोक्तान guitar competition को जर्ज रहेका उनि अमेरिका गई संगित विषय पढेर फर्केका हुन । eva music group र eva music group pharping को सम्योजकत्वमा सञ्चालन हुन गईरहेको यस कार्यक्रममा भरखरै संगित शिक्दै गरेका देखि लिएर संगितमा लागेका व्यत्तिहरुले नयाँ कुरा सिक्नुका साथै आफ्नो मनमा लागेका गिज्ञासा प्रश्नहरु सोध्न सक्छन् । त्रिभुवन आदर्श माध्यामिक विद्यालय (garden of paradise)मा सम्पन्न हुने यस कार्यक्रममा सम्पूर्ण संगित प्रेमिहरु आई यहाँ संग संगित सम्बधि धेरै कुराहरु जान्न सक्नुहुन्छ ।