आन्दोलन रोकिँदैन – संघर्ष समिति
असार ४, काठमाडौं । फ्ल्यास खबर
नेपाल राष्ट्रिय पहिचान संरक्षण संयुक्त संघर्ष समितिले सरकारको विधेयक फिर्ता गर्ने घोषणा आइसक्दा पनि आन्दोलन स्थगन नगर्ने प्रतिक्रिया दिएको छ। ‘स्वतस्फुर्त बढेको आन्दोलनलाई भाडाका मान्छेहरुले गरेको भनेर लाञ्छना लगाउने काम सरकारबाटै भएको छ। त्यसैले सरकारले हामीसँग माफी नमागेसम्म आन्दोलन रोक्नेवाला छैनौं,’ समितिका अध्यक्ष गणपतिलाल श्रेष्ठले नेपालन्युजसँग भने। श्रेष्ठले अब केही बेरमै समितिको वैठक डाकी भोलिका लागि तय भएको भद्र अवज्ञा आन्दोलन कसरी गर्ने भनेर निर्णय गरिनेसमेत जानकारी दिए।