दक्षिणकालीको मेयर र उपमेयरमा गठबन्धनकाे अग्रता कायमै

अन्य ताजा अपडेट ब्रेकिंग
काठमाडौंको दक्षिणकाली नगरपालिकाको मेयर र उपमेयरमा गठबन्धनको तर्फबाट नेपाली कांग्रेसका उम्मेदवारले अग्रता लिएका छन्। मेयरमा कांग्रेसका मोहन बस्नेतले १९७४ मत पाएका छन् भने एमालेका श्रीराम आचार्यले १३९८ मत ल्याएका छन्। उपमेयरमा कांग्रेसकी बसन्ती तामाङले २०४६ मत पाएकी छन् भने एमालेकी इन्दिरा न्यौपानेले १३५६ मत ल्याएकी छन्। २०७४ मा दक्षिणकालीमा मेयर र उपमेयर दुबै कांग्रेसले जितेको थियो । यस्तै, राष्ट्रिय प्रजातन्त्र पार्टीका ज्ञान भक्त अमात्यकाे १२६ मत छ भने जनता समाजवादी पार्टी, नेपालका चण्डे राज तामाङ्गकाे ७३ मत छ ।