काठमाडाैं । दक्षिणकाली नगरपालिकाले अक्सिजन सुविधा सहितकाे १५ शय्याकाे आइसाेलेशन सेन्टर सञ्चालनमा ल्याएकाे जनाएकाे छ ।
आज एक विज्ञप्ति जारी गर्दै नगरपालिकाले काेराेना राेकथाम तथा नियन्त्रणका लागि चाल्नाखेल प्राथमिक स्वास्थ्य केन्द्रलाई चिकित्सक सेवा, अक्सिजन साथै एम्बुलेन्स सेवा सहितकाे १५ शय्याकाे आइसाेलेशन सेन्टर सञ्चालनमा आएकाे जानकारी दिएकाे हाे ।
“काेभिड-१९ महामारीकाे दाेश्राे लहरमा संक्रमितकाे संख्या दिनानिदिन बढिरहेकाे र अस्पतालमा भर्ना गरी उपचार गर्नु परेकाे विरामाीकाे संख्या समेत बढिरहेकाे सन्दर्भमका यस नगरपालिकाबाट काेराेना राेकथाम तथा नियन्त्रणका लागि चाल्नाखेल प्राथमिक स्वास्थ्य केन्द्रलाई चिकित्सक सेवा सहितकाे हाललाई १५ शय्या (अक्सिजन सुविधा सहितकाे एम्बुलेन्स सेवा) आइसाेलेसन सेन्टर स्थापना गरी संचालनमा ल्याएकाे व्यहाेरा जानकारी गराउँदछु ।”, नगरपालिकाका मेयर माेहन बस्नेतद्वारा जारी विज्ञप्तिमा भनिएकाे छ ।
आइसाेलेशन सेन्टरकाे लागि कुनै पनि सामाजिक संघ संस्थाकाे सहयाेग प्राप्त भएकाे छैन : मेयर बस्नेत
नगरपालिकाका मेयर बस्नेतले आइसाेलेशन सेन्टर संचालनका लागि हालसम्म कुनै पनि सामाजिक संघ संस्थाकाे सहयाेग प्राप्त नभएकाे बताउनुभएकाे छ ।
उहाँले भन्नुभयाे, “आइसाेलेशन सेन्टर संचालनमा हालसम्म कुनै पनि सामाजिक संघ संस्थाकाे सहयाेग प्राप्त नभएकाे व्यहाेरा समेत अनुराेध गर्दछु ।”
यसअघि, लायन्स क्लब अफ काठमाडाैं पद्मसम्भव दक्षिणकालीले नगरपालिका र विभिन्न सामाजिक संघसंस्थाको सहकार्य र पहलमा काेभिड जेनरल आइसाेलेसन वार्ड सुरु भएकाे जानकारी दिएकाे थियाे । तर आइसाेलेशन सेन्टर सञ्चालनकाे लागि नगरपालिका बाहेक कुनै पनि संघ संस्थाकाे सहयाेग प्राप्त नभएकाे भन्दै सामाजिक सञ्जालमा विराेध भएकाे थियाे । त्यसपछि नगरपालिकाले प्रेस विज्ञप्ति मार्फत आफ्नाे धारणा सार्वजिनक गरेकाे हाे ।
“उक्त सेन्टर संचालनमा सहयाेग गर्न इच्छुक सामाजिक संघ, संस्थाले यस नगरपालिकासँग संस्थागत सहकार्य गर्न सकिने व्यहाेरा अनुराेध गर्दछु “, मेयर बस्नेतले भन्नुभयाे ।
नगरपालिकाकाे प्रेस विज्ञप्तिः