दक्षिणकाली नगरपालिकामा आज एक काेराेना संक्रमितकाे मृत्यु, थपिए १२ संक्रमित (सूची सहित)

ताजा अपडेट स्वास्थ्य

काठमाडाैं । दक्षिणकाली नगरपालिकामा पछिल्लाे २४ घण्टामा काेराेना संक्रमित १ जना महिलाकाे मृत्यु भएकाे छ ।

नगरपालिकाकाे स्वास्थ्य शाखाद्वारा जारी दैनिक प्रतिवेदन अनुसार वडा न १ की ८२ वर्षीया महिलाकाे काेराेना संक्रमणबाट मृत्यु भएकाे जानकारी दिएकाे हाे ।

यस्तै. नगरपालिकामा पछिल्लाे २४ घण्टामा थप १२ जनामा काेराेना संक्रमण पुष्टि भएकाे छ ।

प्रतिवेदन अनुसार ६ जना पुरुष र ६ जना महिला गरि १२ जनामा संक्रमण देखिएकाे हाे ।

याे सँगै नगरपालिका क्षेत्रमा हालसम्म काेराेनाकाे दाेश्राे लहरमा संक्रमित हुनेकाे संख्या ६४ पुगेकाे छ । जसमध्ये महिला २२ जना र पुरुष ४२ जना छन् ।

नगरपालिकाका काेभिड फाेकल पर्सन महेश कुमार उपाध्यायले संक्रमितमध्ये हाल ५६ जना होम आइसोलेसनमा र अस्पतालको आइसोलेसनमा ८ जना उपचाररत रहेकाे जानकारी दिनुभयाे ।

दक्षिणकाली नगरपालिकामा काेराेनाकाे दाेश्राे लहरमा संक्रमित भइ मृत्यु हुनेकाे संख्या २ पुगेकाे छ ।

६४ जना मध्ये हालसम्म १ जना मात्र संक्रमण मुक्त भएका छन् ।

कुन वडामा कति छन् संक्रमित ?