१ सय ३९ जनामध्ये सात जना काेराेना संक्रमणमुक्त, आज कति थपिए ? (विवरण सहित)

ताजा अपडेट समाचार

काठमाडाैं । दक्षिणकाली नगरपालिकामा पछिल्लाे २४ घण्टामा ९ जना काेराेना संक्रमित थपिएका छन् ।

थपिएका संक्रमितहरूमध्ये महिला ४ जना र पुरुष ५ जना रहेका छन् ।

याेसँगै नगरपालिकामा काेराेना संक्रमितकाे कुल संख्या १३९ पुगेकाे छ ।

नगरपालिकाकाे स्वास्थ्य शाखाद्वारा जारी अद्यावधिक विवरण अनुसार ५५ जना महिला र ८४ जना पुरुष गरि अहिलेसम्म १३० जना काेराेनाबाट संक्रमित बनेका हुन् ।

नगरपालिकाका काेभिड फाेकल पर्सन महेश कुमार उपाध्यायले संक्रमितमध्ये हाल १२६ जना होम आइसोलेसनमै र अस्पतालको आइसोलेसनमा १३ जना उपचाररत रहेकाे जानकारी दिनुभएकाे छ ।

दक्षिणकाली नगरपालिकामा अहिलेसम्म काेराेना संक्रमित ३ जनाकाे मृत्यु भएकाे विवरणमा उल्लेख छ ।

यस्तै, अहिलेसम्म ७ जनाले काेराेनालाई जितेका छन् ।

कुन वडामा कति छन् संक्रमित, कति निकाे ?

Comments

comments