विश्वव्यापी रूपमा फैलिरहेको कोभिड -१९ भाइरसको दोस्रो लहरको सङ्क्रमणले हाम्रो सिङ्गो नगरपालिकालाई पनि आक्रान्त पारेको अवस्था छ । देशव्यापी रूपमा देखिइएको अक्सिजनको अभावले ज्यान गुमाउनको सङ्ख्या बढ्दो देखिइएको छ । दक्षिणकाली नगरपालिकामा रहेको एक मात्र सामुदायिक अस्पताल मनमोहन स्मृति सामुदायिक अस्पतालले आफ्नै प्राङ्गणमा अक्सिजन प्लान्ट जडान कार्य सुरु गरेको छ ।
अक्सिजन प्लान्ट बनाउने अभियान सुरु गरेको छोटो समयमानै नगरपालिका, विभिन्न संघ-संस्था, ब्यक्तिहरु, सहकारी तथा समुहहरुका साथ र सहयोगमा झण्डै ४७ लांख रुपैया प्राप्त भईसकेको अस्पतालका का. अध्यक्ष पुर्णबहादुर शाहीले जानकारि दिनु भयो । गत बिहिबार २० गतेका दिन नगर प्रमुख मोहन बस्नेत र उप-प्रमुखको प्रमुख बसन्ति डङ्गोल तामाङ्ग ज्युहरुबाट अक्सिजन प्लान्टको शिलान्यास भएको थियो । शिलान्यास पछि सम्पुर्ण नगरबासी हर्षित र गौरवान्वित भएका छन् । यस कार्यको थालनि सँगै सम्पुर्ण नगरबासीमा हौसला र भरोसा बढ्दै गएको देखिएको छ।
दैनिक ३८ देखि ४० सिलिन्डर अक्सिजन उपलब्ध गराउन सकिने
यस प्लान्ट जडान भइसके पश्चात दक्षिणकाली नगरपालिका मात्र नभई मकवानपुर तथा ललितपुरका छिमेकी गाउँहरका कोभिड मात्र नभई नन कोभिडका बिरामिहरु जस्तै दमका रोगिहरु, डायलासिसका बिरामीहरुलाई आबश्यक पर्ने अक्सिजन सिलिन्डर रिफिलसहित सहज तथा सुलभ किसिमबाट घर-घरमा दैनिक ३८ देखि ४० सिलिन्डर अक्सिजन उपलब्ध गराउन सकिने जानकारि दिनु भयो । साथै प्लान्ट स्थापनाका लागि रु. त्रिहत्तर लाख( रु. ७३,००,०००) लाग्ने ब्यहोरा अबगत गराउनु भयो ।
अस्पतालले कोभिड १९ को दोस्रो लहरको सुरुवात देखि ने Emergency Covid Care Holding Unit संन्चालन गर्दै आएको छ भने २०७८ जेठ १४ गते शुक्रवार देखि पुर्ण रुपमा कोभिड वार्ड पनि संन्चालन भई रहेको छ । अस्पतालमा कोभिड र नन कोभिडको छुट्टा छुट्टै उपचार मिलाईएको छ भने थप सेवा विस्तार गर्ने लक्ष्य समेत राखिएको उहाँले जनाउनु भयो ।
सहयोगि सम्पुर्णमा धन्यवाद ज्ञापन गर्दै यस महान अभियानमा र थप सेवा विस्तारको लागि सबै संघ-संस्था, सहकारी, क्लब, ब्यक्ति तथा समुहहरुमा जे जस्तो सहयोग गर्न सकिन्छ यसमा ऐक्यबद्दता जनाउन हार्दिक अपिल गर्नु भएका छन् । संस्थाले प्राप्त सहयोग रकम पारदर्शी बनाउने प्रतिबद्दता जाहेर गर्नु भएका छन् ।
अस्पतालले पाएको सहयोग दैनिक रुपमा आफ्नो फेसबुक मनमोहन स्मृती सामुदायिक अस्पताल बाट अपडेट गरिरहेको छ ।
सहयोग गर्नको लागि अस्पतालमा स्वयमं उपस्थित भई वा तपशिलको बैंक खातामा सहयोग पठाउन सक्नु हुनेछ ।
तपशिल:
खाताको नाम: मनमोहन स्मृति सामुदाईक अस्पताल
बैंक: सिद्दार्थ बैंक लि.
खाता नं: ००६१५३४८२७०
नोट: थप जानकारीका लागि फोन नं 014710033, 014710388 मा सम्पर्क गर्न अनुरोध छ ।