नेपाल तरुण दल, दक्षिणकालीद्धारा नगरपालिका तथा मनमोहन अस्पतालाई सहयोग

ताजा अपडेट समाचार

देशभर व्यापक रुपमा फैलॅदै गइरहेको कोभिड १९ महामारीको दोश्रो लहरको संक्रमण रोकथाम तथा नियन्त्रण कार्यमा सहयोग गर्ने हेतुले नेपाल तरुण दल दक्षिणकाली नगर समितीद्धारा नगरभित्रका तरुणहरुसॅग आर्थिक सहयोग संकलन गरी ऊक्त जम्मा रकमबाट दक्षिणकाली नगरपालिकाले वडा नं. १ मा चाल्नाखेल स्थित चाल्नाखेल प्राथमिक स्वास्थ्य केन्द्रमा संचालन गरेको ३० शैय्याको कोभिड आईशोलेसन सेन्टरमा संक्रमितहरुको उपचार गर्न रू. ६०१५५ तथा वडा नं. ६ स्थित मनमोहन स्मृति सामुदायिक अस्पतालले सुरु गरेको आफ्नै अक्सिजन प्लान्ट स्थापना महाअभियानमा सरिक भई अक्सिजन प्लान्ट निर्माणार्थ सहयोग रू. ३०३५० रकम हस्तान्तरण गरेको छ।

दिवङ्गत आत्माहरुको चिर शान्तिको कामना तथा सबै कोभिड संङ्क्रमीतहरुको शिघ्र स्वास्थ्य लाभको कामना गर्दै नेपाल तरुण दल दक्षिणकाली नगर समितिका अध्यक्ष बद्री कार्किले सहयोगी र सकारात्मक भाबना राखी अधि बढ्न सम्पुर्णलाई आग्रह गर्नुभएको छ। दक्षिणकाली नगरपालिकाले ३० शैय्या रहेको कोभिड-१९ आइसोलेसन सेन्टरमा खाना, औषधि, अक्सिजन, ल्याब र एक्सरे सेवा, चिकित्सकीय परामर्श र सवारीसाधन सेवा लगाएतका सम्पुर्ण सेवा-सुबिधा निशुल्क बेबस्था मिलाउन सहयोग गर्नुहुने सम्पुर्णलाई धन्यवाद व्यक्त गर्नुका साथै मनमोहन स्मृति सामुदायिक अस्पतालले हामि सबै को अक्सिजन प्लान्ट स्थापना महाअभियान सन्चालनमा ल्याई प्लान्ट शिलान्यास गरकोमा हर्षित भएको जानकारी दिनुभयो ।

आपत्कालिन समयमा नगरपालिकालाई सहयोग गर्न नेपाल तरुण दल दक्षिणकाली नगर समिति हरदम तत्पर रहने अध्यक्ष कार्किले बताउनु भयो ।