युवा सँग जनप्रतिनिधि

ताजा अपडेट नगर गतिविधि ब्रेकिंग

आज मिति २०७९/०१/१७ गते मातातिर्थ औंसीकाे शुभ दिन, वडा नं ३ मा “युवा सँग जनप्रतिनिधि” अन्तरक्रिया कार्यक्रम सम्म्पन्न भएको छ।
द.न.पा. वडा नं ३ का सम्पूर्ण युवावर्गहरु जागरुक भई आफ्नै व्यक्तिगत खर्च गरि आयोजित यो कार्यक्रमको उद्भेश्य आगामी निर्वाचनका उम्मेद्वारहरुको सामुहिक रुपमा एजेन्डा प्रस्तुति,प्रतिवद्धतासहित उत्तरदायित्व बहन गराउने थियो । कार्यक्रम द.न.पा. वडा नं ३ का सम्पूर्ण स्वतन्त्र युवा वर्गहरुको संयुक्त आयोजना तथा कालभैरब युथ ग्रुप, युवा जागरण समाज र फाल्कनरी युथ क्लबको संयुक्त सह-आयोजनमा भएको थियो । कार्यक्रम का.बा वडा अध्यक्ष, बिभिन्न संध-संस्थाका प्रतिनिधि, स्थानिय बिद्यालयका प्र.ज्यूहरु, वडाभित्र रहि विभिन्न क्षेत्रमा अग्रणी भुमिकामा रहनुभएका व्यक्तित्व तथा राजनीतिक दलका प्रतिनिधि ज्यूहरुको उपस्थितिमा सम्पन्न भएको थियो ।

युवा जागृत भई युवाद्वारा नै संचालन गरिएको उक्त कार्यक्रम वडामा मात्र नभई दक्षिणकाली नगरपालिकाकै प्रथम र सम्भवत देशकै पहिलो हुन सक्ने यो एक पृथक र ऐतिहासिक कार्यक्रम भएको सम्पूर्ण उपस्थित अतिथि तथा उम्मेद्वारहरुको भनाइ रहेको थियो । आजको यस युवा जागरण देखेर सम्पुर्ण उपस्थित महानुभावहरु हर्षित छन् भने यो युवा जोश मर्न नदिने र आगामी दिनमा युवासँगै सहकार्य गरी आफ्नो कार्यकाल सफल बनाउने सम्पूर्ण उम्मेद्वारहरुले बताएका छन् ।
साथै आगामी दिनमा यस्तै युवा तथा समाजको मर्म र भावना समेटिने कार्यक्रम गर्दै अगाडि बढ्ने कार्यक्रमका सभापति श्री अमृत श्रेष्ठज्यूले जानकारी दिनुभयो । आजको यस कार्यक्रम सफल बनाउन भिडियो रेकर्डिङ्तर्फ एबिनाईजेशन मिडिया, प्रत्यक्ष अप्रत्यक्ष सहयोग गर्नुहुने विभिन्न संघ-संस्था, स्कुल तथा कलेजका प्रतिनिधि, स्वयंसेवकज्यूहरु तथा सम्पुर्ण आयोजक कमिटीलाई धन्यवाद दिदै सभापतिद्वारा कार्यक्रम समापन भएको थियो ।