दक्षिणकालीमा गठबन्धन विजयी

ताजा अपडेट नगर गतिविधि ब्रेकिंग

काठमाडौं । काठमाडौंको दक्षिणकाली नगरपालिकामा गठबन्धनको तर्फबाट नेपाली कांग्रेसले जितेको छ।
कांग्रेसका उम्मेदवार मोहन बस्नेतले मेयर जितेको निर्वाचन अधिकृत अमृता शर्माले बताउनुभयो ।
निर्वाचन अधिकृत कार्यालयले केहीबेर अघि आधिकारिक घोषणा गरेर विजयको घोषणा गरेको हो । बस्नेतले नेकपा एमालेका उम्मेदवार श्रीराम आचार्यलाई पराजित गर्नुभएको हो । बस्नेत ०७४ मा पनि कांग्रेसबाट मेयर निर्वाचित हुनुभएको थियो ।

उपमेयरमा पनि कांग्रेसकी बसन्ती तामाङले जित्नु भएको छ । उहाँले एमालेकी इन्दिरा न्यौपानेलाई पराजित पराजित गर्नुभएको हो ।
वडा नम्बर १ मा एमालेका जय थापा मगरले जित्नुभएको छ ।
वडा नम्बर २ मा कांग्रेसका रामचन्द्र क्षेत्री, वडा नम्बर ३ मा एमालेका प्रचण्डमान सिंह बस्नेत, वडा नम्बर ४ मा कांग्रेसका पुष्कर खड्का, वडा नम्बर ५ का श्यामबहादुर खत्रीले जित्नुभएको छ ।
वडा नम्बर ६ मा पनि कांग्रेसका शैलेश मानन्धर, वडा नम्बर ७ मा एमालेका हरिप्रसाद तिमल्सेना, वडा ८ मा कांग्रेसका योसकुमार वाइबा र वडा नम्बर ९ मा अमृका बलामीले जित्नुभएको हो । उप-मेयर तामाङलाई मेयर बस्नेतको भन्दा ४२२ मत बढी आएको छ ।